ब्लग को लागि उपयोगी सामग्री तथा सल्लाह सुझाब,गुनासो हरु https://www.facebook.com/pindikholaonline मा पठाउनु हुनुरोध गरिन्छ!!!

August 25, 2013

वार्ता तिन बुँदे सहमतिमा टुङ्गियो

विद्युत प्राविधिक शाखा मिर्मीमा केहि बेर तनाव, आन्दोलनकारी र प्राधिकरणविच भएको वार्ता तिन बुँदे सहमतिमा टुङ्गियो , विनोद रखाली मगर, स्याङ्जा ,गल्याङ भाद्र १० विगत लामो समय देखि लोडसेडिङ्को चपेटामा पर्दै आइरहेका स्याङ्जा सिर्सेकोट , पिडीखोला गाविसका जनताहरुले गरेको आन्दोलन सहमतिमा टुङ्गिएको छ । वडा प्रहरी कार्यालय वालिङ्का प्रहरी नायव निरीक्षक केशव थापाको रोहवरमा हिजो भएको वार्तामा आन्दोलनकारी र प्राधिकरणका टोलि विच तिन बुँदे सहमति भएको छ । तिन बँुदेु सहमति अनुसार प्रभावित क्षेत्रमा विद्युत सम्पन्न नहुँदा सम्मको लागि कार्यालयवाट कर्मचारीको मातहतमा सहयोग गर्ने गरी प्रतिनिधी आजै वाट खटाइने प्रतिवद्धता जाहेर गरेको छ । त्यस्तै त्यस क्षेत्रका वितरण लाइनका पुराना काठका पोलहरु मर्मत सम्भार कार्य गरीने जनाइएको छ । अन्तिम बुँदामा पुरानो वक्यौतालाई अध्ययन गरी तिरीएको रकम लाई पुन तिर्न नपर्ने भनी दुवै तर्फ मार्फत सहमती स्वरुप हस्ताक्षर गरीएको छ । प्राधिकरणको तर्फवाट शाखा इन्चार्ज रोशन खनिँया , कर्मचारी लेखनाथ पाण्डे , प्रकाश अधिकारी , लोकहरी न्यौपाने , सोम थापा त्यस्तै आन्दोलनकारीको तर्फ देखि शिवलाल चापागाई , विनोद कुवँर , डिम कुमारी गुरुङ् , धन वहादुर गहतराज , वालजित गुरुङ् , गुम्त वहादुर गुरुङ् लगाएत रहेका थिए । प्रभावित गाविसका विभिन्न गाँउवाट घन्टौ समय लगाई आएका जनताहरु ले वार्ता सुरु हुनु अघि मिर्मि पेट्रोल पम्प देखि विभिन्न प्ले कार्ड लेखिएका नारा जुलुुस सहित प्राधिकरण शाखामा तालावन्दि गरेका थिए । नारा जुलुुसकै क्रममा कुनै अप्रिय घटना नहोस भनी ठुलो सङ्ख्यामा वालिङ र वलाम प्रहरी कार्यालय वाट प्रहरी परिचालन गरिएको थियो ।

0 प्रतिक्रिया हरु:

Post a Comment