पानी बेजोड दर्कियो ,
भिज्दै-भिज्दै घर पुगें !!
दाजु म आउने बाटो कुर्दै बाहिरै
बसेका थिए,
थर्काई हाले-
'बिहान घरबाट जाने बेलामा 'छाता'
बोकेर जान पर्दैन
थ्यो..'?
दिदि निस्किन भित्र बाट थर्काउदै,
'पानी' रोकिउन्जेल कतै ओत लागेर बस्न
पर्दैन ?
तलाई भिज्दै किन आउनु पर्यो..''?
बा ले हप्काउनु भयो-
'जब बिरामी हुन्छस, अनि थाहा पाउछ्स,
अहिले खुब हिरो भएर पानीमा भिज्दै
हिडेको देख्छ्स !!
तर 'आमा'
आमा भित्र बाट 'तौलिया' बोकेर
निस्किनु भयो,
मेरो भिजेको कपाल पुछिदिनु भयो,
लुगा फेरिदिनु भयो,
अनि भन्नु भयो-
''यो पानी लाइ पनि यत्तिनै बेला पर्नु
पर्ने,
कमसेकम मेरो 'नानी' घर आउन्जेल सम्म त
रोक्किनु नि...''
आमा सधै फरक सोच्छिन !!
source>:https://www.facebook.com/shiva.bhusal.7/posts/331039330360164
0 प्रतिक्रिया हरु:
Post a Comment