ब्लग को लागि उपयोगी सामग्री तथा सल्लाह सुझाब,गुनासो हरु https://www.facebook.com/pindikholaonline मा पठाउनु हुनुरोध गरिन्छ!!!
सूचना:यो ब्लगमा प्रस्तुत सामग्री हरु अन्य साइटहरु या फेसबुक बाट लिइएको हुनसक्छ,यदि कुनैपनि समाचार,सूचना या अन्य कुनैपनि सामग्रीमा तपाइको गुनासो भए सूचना दिनुहोला!!!!

हाम्रो पिंडीखोला

स्यांग्जा जिल्लाको नक्सा

लालीगुराँस

October 1, 2013

अत्यन्त जरुरी सुचना

चौथो ताम्केकोट कप भलिवल प्रतियोगिताको अत्यन्त जरुरी सुचना : 


पश्चिम स्याङ्जाको पिंडीखोलामा विभिन्न रचनात्मक गतिविधि मार्फत मौलिक भाषा , कला सस्कृंती तथा स्थानिय  युवाहरुलाई विकाश निमार्णमा प्रेरित गर्न ,विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको पिडीखोला –७ , सल्यान गाँउ स्थित श्री जनमुक्ति युवा क्लवले वडा दशैंको अवशर पारी चौथो टाम्केकोट कप भलिवल प्रतियोगिता तथा विविध सास्ंकृतिक कार्यक्रम राख्ने भएको हुदा उक्त प्रतियोगितामा सहभागि भै दिनुहुन सम्पूर्ण क्लवहरुलाई हार्दिक अनुरोध गर्दछौ । 

तपशिल १. दर्ता समय : २०७० असोज २२ र २३ गते दर्ता २. खेल उद्धघाटन २०७० असोज २४ गते ३. प्रथम पुरस्कार : वोका , शिल्ड मेडल र प्रमाणपत्र ४. द्धितीय पुरस्कार : पाठा , शिल्ड मेडल र प्रमाणपत्र५. तृतीय पुरस्कार : २ थान भाले , शिल्ड मेडल र प्रमाणपत्र६. उत्कृष्ठ तथा अनुशासित खेलाडिलाई आर्कषक पुरस्कार ७. दर्ता शुल्क : रु. १२००।– 

खेल सम्वन्धि केहि नियमहरु : १. खेल टि.टि. सिस्टम अनुसार हुनेछ । २. खेलमा टिम कोच र म्यानेजर गरी नौ जनाको हुनुपर्नेछ । ३. खेल वेस्ट अफ फाइव हुनेछ । ४. खेल खेल रेफ्री अनुसार हुनेछ । खेलमा कुनै विवाद आएमा आयोजकको निर्णयनै अन्तिम हुनेछ । ५. खेल अन्तर क्लव स्तरीय हुनेछ । ६. टाढाको खेलाडिहरुलाई खाना र वस्नको व्यवस्था ससुल्क हुनेछ । ७. खेल सम्वन्धि विविध नियम कार्यक्रम स्थलमै प्रस्तुत गरिनेछ । ८. सहभागि क्लवले आफ्नो क्लवको लेटरप्याडमा खेलाडिहरुको नामावलि सहित अध्यक्ष वा सचिवको हस्ताक्षरमा टिमको नामावलि पेश गर्नु पर्नेछ । 
थप जानकारीको लागि : ९८४६३५९३६१ , ९८०८१३०९१० , ९८४६५७६२९८


विनोद रखाली मगर
असोज १५, स्याङ्जा

September 15, 2013

आशामा टेकेर संभावनालाइ उजागर गरौँ


नेत्र सुवेदी "प्रयास"


सोचको यो पाटोवाट कुरा शुरु गरुँ । कठिनाइहरु छन् र त समाधानको गुन्जायस छ । नेपाल विपन्न छ र त यसलाइ समुन्नत वनाउने मौका हामीसँग छ । हो वाधाहरु छन् । इच्छा चाहना हुँदाहुँदै पनि विभिन्न संरचनात्मक तथा प्रविधिजन्य अप्ठेरा हामीसँग छन् । सामाजिक सांस्कृतिक विविधताले भरिपूर्ण Heterogeneous society भएको कारणले पनि हामीकहाँ गतविगतदेखिको असमान व्यवहार र अपहेलित अनुभूतिहरु देखिदा अविश्वास एवं शंकाको वातावरण वन्यो । समाजको चित्रण के मा पर्दैन ? अरु मुलुकले रफ्तारमा विकास गरिरहँदा हामीहरु घरेलु समस्यामै अलमलियौँ । अव यसो हेर्नुछ जताततै सूचनाका आँखाले अनि आपसी मनमुटाव हैन भावानात्मक एकता सृजना गर्नुछ आफ्नै मुलुक वनाउनको लागि जसमा हामी सवैको भविष्य अडिएको छ । 
हो हामीकहाँ विकासले गति लिनकै लागि पनि धेरै काम गर्न वाँकी छ । स्रोत र समयको कसीमा यदि हामी सवैले जिम्मेवार र गम्भिर भएर प्रस्तुत हुने हो भने सवैखाले समस्या एक एक गरेर साइड लाग्नेछन् । हामी हिमालयको काखमा अवस्थित छौँ भूभाग अलि जटिल छ समुद्रसम्मको पहुँच छैन । विजुली, इन्धन, खानेपानी, सडक अनि वित्तिय सेवामा हामी छिटै दरिलो वन्नका लागि वैदेसिक सहयोगसमेत जुटाएर अनि संभाव्य अरु स्रोतको पनि सदुपयोग गर्नुपर्ने देखिन्छ । 
तथापि यिनै समस्याभित्र पनि पर्यटनको व्यापक विस्तार र विशाल मुलुक भारतसँगको सहकार्यको संभावना छ । उत्तरतर्फको चीन पनि नेपालमा लगानी गर्न इच्छुक नै छ । अहिले आएर नेपाली युवाहरु संसारभर छरिएर आफ्नो क्षमता देखाएका छन् कामदार, उद्यमी वा अन्य कुनै हिसावले । अंग्रेजी र आइटीमा पनि हाम्रो जनशक्ति कमजोर छैन । केही नवीन तालिमहरु देशमै सिक्ने अवसर सृजना भएमा दक्ष जनशक्तिले देशभित्र वा वाहिर जहाँ रहेपनि देशका लागि गुणात्मक योगदान गर्न सक्ने थियो । यसतर्फ लगानीकर्ताहरुले चासो देखाउनुपर्यो ।
हो सत्य सत्य नै हो । यसलाइ छोपेर छोपिन्न । नीतिलाइ निर्दिष्ट रुप दिने राजनीतिक क्षेत्र संक्रमणकालको भूमरीमा छ । पार्टीहरु टुक्रनु र खेमामा विभाजित हुनु कुनै एजेण्डामा सहमती नजुट्ने कारक वनेको छ । देशको लागि धेरै पार्टी र धेरैखाले विचारधारा भन्दा पनि नेपाल सुँहाउदो आर्थिक प्रणालीमा एकजुट हुन सक्ने नेताहरु चाहिएको छ । अनि स्रोत हुनेहरुले देखाउने तत्परता तथा नागरिकको साथले पनि उत्तिकै अर्थ राख्दछन् । अव आइन्दा सरकार संचालनलाइ नागरिकप्रतिको जिम्मेवारी तथा विश्वपरिवेशमा शीर ठाडो पार्न मिल्ने वनाउन राष्ट्रिय भावनायुक्त विकास अभियान आवस्यक छ । राजनैतिक अगुवाइमा अरु क्षेत्रले होस्टेमा हैसे गर्न तयार नै छन् । राजनीतिले उल्टो नहिडेमात्र हुन्छ । 
नेपालले विगतमा जनाएका प्रतिवद्दताहरु तथा क्षेत्रीय संगठन एवं विश्वस्तरकै संस्थाहरुसँगको आवद्दताले नेपालले केही सिक्न पाएको छ भने केही सहयोगी हातहरु वढेका पनि छन् । तथापि खूला परिवेश अनि वजार अर्थतन्त्रमा वहुपात्र प्रणाली अवलम्वन गरी विकास गर्नका लागि आधारभूत तहमा केही ठूला निर्माण कार्य गर्नको लागि समुदायको साथ, सरकारी संयन्त्रको सहजीकरण र दाता एवं लगानीकर्ताको चासो नभै हुँदैन । नेपालमा लगानी गर्दा जोखिम छैन । यहाँको हावापानी, मूल्य तथा लगानीबाट मुनाफा पनि निश्चित छ भन्ने कुरामा विश्वस्त गराउनु ढिलो गर्नु हुँदैन । 
हामी त्यस्तो मुलुकमा छौँ जहाँ अभाव छ, दु:ख छ, द्व्न्दपछिको समाज छ, विगतबाट यथेष्ट सिकाइ छ, सचेत नागरिक छन् । तथापि लाग्छ कुनैपनि काम गर्नु असम्भव पक्कै छैन । सरकारले विकासको नीतिगत एजेण्डालाइ निरन्तरता दिने उद्घोष गरोस्, लगानीकर्ता तथा दाताहरुले शुरुवाती धक्का दिने वेला सहभाव देखाउन । अनि हाम्रा संभावनाहरुले आशाको टेको पाउनेछन् । मुलुक केही वर्षमै कठीन अभावहरुलाइ छिचोल्नेछ । काम गरेर प्रतिफललाइ प्रदर्शन गर्दै सर्वसाधरण नेपाली तथा थप लगानीकर्ताको विश्वास जित्नु नै आजको प्राथमिक भूमिका हो । 

उपसचिव नेपाल सरकार
जन्मस्थान : पिडिखोला घलाम । 
हाल अध्ययनको क्रममा आजु विश्वविद्यालय, दक्षिण कोरिया
यो लेख nepalkoreanews.com online magazinema समेत विचार स्तम्भ अन्तर्गत प्रकाशित छ ।

August 28, 2013

शुभकामना

कृष्णजन्माष्टमी को शुभकामना










२०७० सालको श्री कृष्णजन्माष्टमी को अवसरमा हामी सबैको कल्याण होस् भन्दै पिंडीखोला अनलाइन परिवार शुभकामना ब्यक्त गर्दछ.

   यो पर्ब ले हामी मा नयाँ उत्साह उमङ्ग र जाँगर थपोस भन्ने पनि हामी चाहन्छौं.

August 25, 2013

वार्ता तिन बुँदे सहमतिमा टुङ्गियो

विद्युत प्राविधिक शाखा मिर्मीमा केहि बेर तनाव, आन्दोलनकारी र प्राधिकरणविच भएको वार्ता तिन बुँदे सहमतिमा टुङ्गियो , विनोद रखाली मगर, स्याङ्जा ,गल्याङ भाद्र १० विगत लामो समय देखि लोडसेडिङ्को चपेटामा पर्दै आइरहेका स्याङ्जा सिर्सेकोट , पिडीखोला गाविसका जनताहरुले गरेको आन्दोलन सहमतिमा टुङ्गिएको छ । वडा प्रहरी कार्यालय वालिङ्का प्रहरी नायव निरीक्षक केशव थापाको रोहवरमा हिजो भएको वार्तामा आन्दोलनकारी र प्राधिकरणका टोलि विच तिन बुँदे सहमति भएको छ । तिन बँुदेु सहमति अनुसार प्रभावित क्षेत्रमा विद्युत सम्पन्न नहुँदा सम्मको लागि कार्यालयवाट कर्मचारीको मातहतमा सहयोग गर्ने गरी प्रतिनिधी आजै वाट खटाइने प्रतिवद्धता जाहेर गरेको छ । त्यस्तै त्यस क्षेत्रका वितरण लाइनका पुराना काठका पोलहरु मर्मत सम्भार कार्य गरीने जनाइएको छ । अन्तिम बुँदामा पुरानो वक्यौतालाई अध्ययन गरी तिरीएको रकम लाई पुन तिर्न नपर्ने भनी दुवै तर्फ मार्फत सहमती स्वरुप हस्ताक्षर गरीएको छ । प्राधिकरणको तर्फवाट शाखा इन्चार्ज रोशन खनिँया , कर्मचारी लेखनाथ पाण्डे , प्रकाश अधिकारी , लोकहरी न्यौपाने , सोम थापा त्यस्तै आन्दोलनकारीको तर्फ देखि शिवलाल चापागाई , विनोद कुवँर , डिम कुमारी गुरुङ् , धन वहादुर गहतराज , वालजित गुरुङ् , गुम्त वहादुर गुरुङ् लगाएत रहेका थिए । प्रभावित गाविसका विभिन्न गाँउवाट घन्टौ समय लगाई आएका जनताहरु ले वार्ता सुरु हुनु अघि मिर्मि पेट्रोल पम्प देखि विभिन्न प्ले कार्ड लेखिएका नारा जुलुुस सहित प्राधिकरण शाखामा तालावन्दि गरेका थिए । नारा जुलुुसकै क्रममा कुनै अप्रिय घटना नहोस भनी ठुलो सङ्ख्यामा वालिङ र वलाम प्रहरी कार्यालय वाट प्रहरी परिचालन गरिएको थियो ।

पिंडीखोला को तस्वीर



पिंडीखोला घलाम को केहि दृष्य र पिंडीखोला डुंडे बजार सहित अन्य आसपास क केहि भाग हरु को तस्वीर

August 24, 2013

फ्लास न्यूज

[ फ्लास न्यूज ] स्याङ्जा पेलाकोट १ मान्केखोलामा वेवारिसे अवस्थामा एक शव फेला
विनोद रखाली मगर , स्याङ्जा , 
भाद्र ८,
स्याङ्जा पेलाकोट १ मान्केखोलामा वेवारिसे अवस्थामा एक शव फेला परेको प्रहरी चौकी गल्याङ्ले जनाएको छ । अन्दाजी ४७ वर्षका स्याङ्जा पिडीखोला ४ पातिखर्क घर भएका प्रेम वहादुर गाहा मगरको शव भएको पुष्टी हुन आएको चौकीले जनाएको छ ।
आफन्तीहरु तथा आमा सँग पेन्सन लिन वालिङ् गई पेन्शन थापी घरमा फकर्ने क्रममा आज विहान करिव ९ वजे गल्याङ् देखि घर तर्फ लागेको र दिउँसो १ वजे मान्केखोलामा वेवारिसे अवस्थामा शव फेला परेको स्थानिय वासिन्दाको भनाई छ ।
आफन्तीहरुको भनाई अनुसार प्रेशरको रोगी गाहाले रक्सी सेवन गरेको र अत्याधिक गर्मीको कारण यस्तो घटना घट्न पुगेको अनुमान गरेका छन् । शव पोष्ट मार्टम को लागी वडा प्रहरी कार्यालय वालिङ् लाने तयारी गरीएको छ ।

'आमा'

पानी बेजोड दर्कियो ,
 भिज्दै-भिज्दै घर पुगें !!
 दाजु म आउने बाटो कुर्दै बाहिरै बसेका थिए,
 थर्काई हाले-
 'बिहान घरबाट जाने बेलामा 'छाता' बोकेर जान पर्दैन थ्यो..'?
 दिदि निस्किन भित्र बाट थर्काउदै,
 'पानी' रोकिउन्जेल कतै ओत लागेर बस्न पर्दैन ?
 तलाई भिज्दै किन आउनु पर्यो..''?
 बा ले हप्काउनु भयो- 'जब बिरामी हुन्छस, अनि थाहा पाउछ्स, अहिले खुब हिरो भएर पानीमा भिज्दै हिडेको देख्छ्स !!
तर 'आमा' आमा भित्र बाट 'तौलिया' बोकेर निस्किनु भयो, मेरो भिजेको कपाल पुछिदिनु भयो, लुगा फेरिदिनु भयो, अनि भन्नु भयो-
 ''यो पानी लाइ पनि यत्तिनै बेला पर्नु पर्ने, कमसेकम मेरो 'नानी' घर आउन्जेल सम्म त रोक्किनु नि...'' आमा सधै फरक सोच्छिन !! source>:https://www.facebook.com/shiva.bhusal.7/posts/331039330360164

लक्ष्मी टेलिभिजन गल्याङ् स्याङ्जाको अत्यन्त जरुली सुचना !!!!!

लक्ष्मी टेलिभिजन गल्याङ् स्याङ्जाको अत्यन्त जरुली सुचना !!!!!! निकट समयमै स्याङ्जाको गल्याङ् देखि प्रशारण हुन लागेको जिल्लाकै पहिलो टेलिभिजन लक्ष्मी टेलिभिजनको आयोजनामा एक हप्ते टेलिभिजन प्रस्तोता [ VJ ] , आधारभुत पत्रकारिता तथा उद्ध्घोषण तालिम भाद्र ८ गते देखि हुने भनिएकोमा टेलिभिजनको प्राविधिक निमार्णकार्यमा केहि ढिलाई हुन गएको कारण भाद्र १२ गते देखि पूर्व सुचना अनुरुप हुने सम्वन्धित सबैमा जानकारी गराइन्छ । नोट : ख्यातिप्राप्त तथा अनुभवी टेलिभिजक पत्रकारहरुद्धारा तालिम प्रदान गरिनेछ । तालिम पश्चात उत्कृष्ट केहि लाई विभिन्न पदमा रोजगारको व्यवस्था रहेको अवगत गराइन्छ । =====समय सन्चारको विकाश आफ्नै गाँउ ठाँउ को त्यसैले यस्तो सुवर्ण अवशर नगुमाउनु होला । ==== फर्म पाइने स्थान तथा सम्पर्क : ... आँधिखोला केवल टि.भी. नेटवर्क प्रा. लि . गल्याङ् (063-460201) ददिराम पाण्डे (9856028794) हरि प्रसाद अर्याल (9856051550) विनोद रखालि मगर (9746031039)

August 19, 2013

पिंडीखोला आवाजको सूचना

स्थानिय सन्चारलाई विकाश गर्दै जिल्लाका हरेक गतिविधिलाई प्रचार प्रसार गर्ने उद्धेश्यले स्याङ्जा जिल्ला पिडीखोला गाविस देखि प्रकाशित हुदै आइरहेको पिडीखोला आवाज पत्रिकाको निरन्तरताको लागी सङ्गै हातेमालो गरी नँया ढङग मार्फत जाने सल्लाह अनुसार गाँउ विकाशमा रुचि राख्ने, सक्रिय तथा , समाजसेवि , युवा , वुद्धिजिवीहरुलाई सम्पर्कको लागी अनुरोध गरीन्छ । 

विनोद रखाली मगर
सम्पादक

यहि भदौ देखि बिद्युत आपूर्ति निरन्तर हुने !!


विद्युत प्राधिकरण मिर्मि शाखा इन्चार्ज खनिँया भन्छन्, पिडीखोलामा लाइन भदौको पहिलो हप्तादेखि निरन्तर आउँछ ,
विनोद रखाली मगर
साउन १५, स्याङ्जा 
लामो समय देखि लोडसेडिङ्को मार खेप्दै आएका स्याङ्जा पिडीखोला ,निवुवाखर्क, पर्वतको शालिग्राम, गुल्मीको अर्वेनी, ठुलो लुम्पेक तथा बाग्लुङ जिल्लाको केहि क्षेत्रहरुमा आगामी भाद्रको पहिलो हप्ता देखि विद्युत आपुर्ती गर्न सकिने नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय मिर्मिका इन्चार्ज रोशन खनिँयाले वताउनुभएको छ । दुई महिना पहिले मिर्मिमा रहेको तिन एम् वि को ट्रान्र्समिटरमा पुन ः खरावी देखिएपछि हेटौडामा निमार्णको लागी पठाइएको र सो ट्रान्र्समिटर वाहेक अन्य ट्रान्र्समिटरले क्षमता नियन्त्रण गर्न नसक्ने हुदा मिर्मि देखि जाने दुई वटा फिडरमा पालै पालो लोडसेडिङ् गर्नु पर्ने वाध्यता रहेको खनियाको भनाई छ । उँहाको भनाइ अनुसार ३ एम् वि को ट्रान्र्समिटर साउन मसान्त सम्म वनिसक्ने र त्यस पछि निरन्तर सवै क्षेत्रमा लोडसेडिङ्को मार खेप्नु नपर्ने जनाइएको छ ।
हाल १.५ एम् वि को ट्रान्र्समिटरले काम गरीरहेको र सो ट्रान्र्समिटरले स्याङ्जाको निवुवाखर्क , पिडीखोला हुदै, पर्वत, गुल्मी र वाग्लुङ्को लागी गएको फिडरमा विद्युत क्षमता नियन्त्रण गर्न नसकेकाले यस्तो समस्या आइपरेको प्राधिकरणले जनाएको छ । पिडीखोला हुदै गएको फिडरमा लाइन काटिदा अर्को फिडर स्याङ्जाकै विर्घा,आलमदेवि, कोटाकोट,लगाएतको गाविसमा विद्युत आपुर्ति गरिदै आइएको छ ।
स्मरण रहोस् कालिगण्डकी नदि वहने क्षेत्रहरु स्याङ्जाको पिडीखोला सेतिवेणी, तथा पवर्त, गुल्मी र वाग्लुङ्का विभिन्न क्षेत्रका जनताहरु लामो समय देखि साँझ ६ देखि ९: ३० सम्म र अन्य समयमा पनि दैनिक लोडसेडिङ्को मार खेप्दै आएका छन्